Like us!
Follow us!
Connect us!
Watch us!

प्रतितोला ७ सयले घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

अर्थ संसार

बुधबार, १४ माघ २०७७, ११ : ३४ मा प्रकाशित

प्रतितोला ७ सयले घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

आज (बुधबार) सुनको मूल्य ओरालो यात्रा तय गरेको  छ ।  सुनको मूल्य आज प्रतितोला ७  सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ।

सोमबार छापावाला सुन ९२ हजार ८  सय रुपैयाँ र तेजावी सुन ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला  १ हजार २ सय ५० रुपैयाँ कायम भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको