Like us!
Follow us!
Connect us!
Watch us!

सूर्या लाइफ इन्स्योरेन्सको लाभांश बैंक खातामा जम्मा

अर्थ संसार

बुधबार, १४ माघ २०७७, १३ : ३४ मा प्रकाशित

सूर्या लाइफ इन्स्योरेन्सको लाभांश बैंक खातामा जम्मा

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नगद लाभांश सम्बन्धित सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । कम्पनीले माघ ५ गते सम्पन्न १२औं वार्षिक साधारणसभाबाट पारित ५.५२६ प्रतिशत नगद लाभांश पुस १६ गतेसम्म बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो । 

 हितग्राही खातामा आफ्नो बैंकको खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई तत्काल खाता नबर अद्यावधिक गराउन कम्पनीले आग्रह गरेको हो । 

साथै उक्त कम्पनीको सेयर मिति पौष १६ गतेसम्ममा धितो बन्धक राखी कर्जा लिएका सेयरधनीको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भए पश्चात मात्र बैंक खातामा जम्मा गरिने र सो मिति पश्चात कर्जा चुक्ता भुक्तानी गरेका सेयरधनीको हकमा सम्बन्धित बैक तथा वित्तीय संस्थाको फुकुवा पत्र प्राप्त भए पश्चात मात्र बैंक खातामा जम्मा गरिने पनि कम्पनीले जनाएको छ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
 

60111b73a3aea.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको