Like us!
Follow us!
Connect us!
Watch us!

किन उचालिँदै छ सेयर बजार ? यस्ता छन् कारण

कृष्ण भट्टराई

विहीबार, १५ माघ २०७७, १७ : २५ मा प्रकाशित

किन उचालिँदै छ सेयर बजार ? यस्ता छन् कारण

अहिले नेपालको सेयर बजार सर्वाधिक उच्च बिन्दुमा पुगेको । दिनहुँजसो पुराना रेकर्डहरु ब्रेक हुँदै नयाँनयाँ रेकर्डहरु बनिरहेका छन् ।

अहिले नेपालमा विभिन्न ठाँउमा थुप्रिएर रहेको पूँजी सेयर बजार केन्द्रित भएको छ । अहिलेको लगानीकर्ताहरुको उत्साहलाइ हेर्दा अब नेपालमा जति ठूलो आयोजना पनि जनताकै लगानीबाट सञ्चालन संभव जस्तो देखिन्छ ।

हालै जारी भएको नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) को आइपिओमा परेको आवेदनबाट पनि अब नेपालमा राम्रो उद्देश्यले जति ठूला ठूला आयोजना पनि जनताकै लगानीबाट सञ्चाल गर्न संभव छ भन्ने कुरा पुष्टि गरेको छ ।

अहिलेको परिदृष्यमा नेपालमा सेयर लगानीको क्षेत्रमा ऐतिहासिक विकास भएको छ । कम्पनीको प्राथमिक साधारण सेयर (आइपिओ) र सेयरको दोस्रो बजार कारोबारमा पनि अत्याधिक संख्यामा नयाँ लगानीकर्ताहरु भित्रिने क्रम जारी छ ।

नेपालमा अहिले सामाजिक सञ्चाल, चिया पसल, साथिभाईहरु जमघट हुँदादेखि विभिन्न सभा सम्मेलनहरुमा समेत मानिसको गफ गर्ने विषय नै सेयर बनेको छ । अहिलेको सेयर बजारमा देखिएको लगानीकर्ताको अत्याधिक आकर्षण पनि सेयर बजार उचाईमा पुग्नुको एक महत्यपूर्ण कारण हो ।

अहिले नेपालका सामाजिक सञ्जालका भित्ताहरु सेयर बजारकै कुराहरुले भरिएका हुन्छन्, सेयर बजार सम्बन्धी कुरा गर्नका लागि फेसबुकमा बिभिन्न नामका हजारौ समूहहरु बनेका छन् । कतिपय लगानीकर्ताहरुले त तेही सामाजिक सञ्जालका बिभिन्न समूहमा चलेका हल्लाकै आधारमा सेयरमा लगानी गर्ने गरेको देखिन्छ ।

नेपालको सेयर बजार अहिलेको उचाईमा पुग्नुका बिभिन्न कारणहरु छन् । कुनै एकमात्र कारणले सेयर बजार अहिलेको अवस्थामा पुगेको होइन । सेयर बजारमा अहिले देखिएको उत्साह वा बढेत्तरी निम्न कारणहरुले भएको हो ।

१.सेयर बजारको चक्रः सेयर बजार बिश्लेषक बिष्णु बस्याल अहिलेको नेपालको बजार बढ्नुको प्रमुख कारण नै सेयर बजारको साइकललाइ मान्दछन् । उनका अनुसार नेपालको सेयर बजारमा सामान्यत ४१ देखि ४३ महिनाको बियर ट्रेन्डिङ र ५० देखि ५२ महिनाको बुलिस ट्रेन्ड चल्ने गर्दछ ।

बस्यालका अनुसार नेपालको सेयर बजारमा सन् २०१६ को अगस्टदेखि २०१९ को डिसेम्बरसम्म बियरिस ट्रेन्ड चलेकाले त्यस समयमा नेपालको सेयर बजारले निरन्तर उकालो यात्रा तय गरेको थियो । २०१९ डिसेम्बरसम्ममा बजारले बियर ट्रेन्डिङको ४० देखि ४२ महिनाको समय पार गरिसकेकाले अहिले बजार निरन्तर उकालो यात्रामा छ । अहिलेसम्मको नेपालको सेयर बजारको ट्रेन्डलाई बिश्लेषण गर्दा सेयर बजारको उकालो यात्रा करिब ५० देखि ५२ महिनासम्म चल्ने देखिन्छ ।

२.बजारमा नयाँ नयाँ लगानीकर्ताको प्रवेशः कारोनाका कारण नेपालमा २०७६ चैत्र १० गतेबाट पूर्ण रुपमा बन्दाबन्दी भयो । यस बीचमा सबै पेसा व्यवसायमा संलग्न मानिसहरुमा आआफ्नो घरमै थन्किनु पर्यो । यस बीचमा मानिसहरुले घरमा बसेर सेयर बजारका बारेमा बुझ्ने र जान्ने समय पाए ।

लकडाउन केहि खुकुलो भएसंगै बजारमा विभिन्न कम्पनीहरुले सर्वसाधारणका लागि आएइीपओहरु जारी गर्न थाले । कम्पनीका आइपिओका बारेमा विभिन्न सञ्चार माध्याममा आउने र साथीभाई तथा आफन्तहरुले पनि भन्न थालेपछि आम मानिसहरु सेयर बजातर्फ आकर्षित हुन थाले । जसको फलस्वरुप नेपालको सेयर बजार अहिलेको अवस्थामा पुगेको छ ।

अन्य समयमा आफ्नो पेसा तथा व्यबसायमा व्यस्त रहने मानिसहरुले यो समयमा सेयर बजारका बारेमा जान्ने, बुझ्ने र सुन्ने मौका पाए । यो करिब एक बर्षको समयमा नेपालमा आइपिओ आवेदन गर्ने लगानीकर्ताको संख्या चार गुणाले बढेको हो । २०७६ को चेत्रसम्म करिब ४ लाखको आसपासमा रहेको आवेदकको संख्या २०७७ पुससम्म आइपुग्दा १५ लाख ५० हजार नाघिसकेको छ ।

हाल आइपिओमा मात्र नभएर लगानीकर्ताहरु दोस्रो बजार कारोबारमा पनि आकर्षित भएको देखिन्छ । हालसम्म सेयरको दोस्रो बजार कारोबार गर्ने लगानीकर्ताको संख्या ४ लाख ८४ हजार नाघिसकेको छ, जसमध्य २ लाख ९४ हजार लगानीकर्ताहले अनलाइन प्रणालीमार्फत सेयर किनबेच गर्ने गर्दछन् ।

३.अनलाइन प्रणालीको विकासः सेयर बजारमा अहिले देखिएको रौनकता आउनुमा अनलाइन प्रणालीको विकास पनि एक महत्वपूर्ण पक्ष मान्न सकिन्छ । केहिअघिसम्म लगानीकर्ताहरु सेयर खरिद बिक्रिका लागि सेयर ब्रोकरको अफिसमा धाउनु पर्ने बाध्यता थियो । जसका कारण अन्य पेसा तथा व्यबसायमा संलग्न मानिसहरु सेयर कारोबारमा सक्रिय हुन नसक्ने अवस्था थियाे ।

अहिले सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुले सेयर खरिद बिक्रिका लागि ब्रोकर अफिस धाउनु पर्ने बाध्यता हटेको छ । अनलाइन प्रणालीको विकासले अब लगानीकर्ताहरुले घरबाटै वा कार्यालयबाट नै सेयर कारोबार गर्न सक्ने व्यवस्था भएपछि अन्य पेसा तथा व्यबसायमा संलग्न मानिसहरु पनि सेयर कारोबारमा सक्रिय भएको देखिन्छ ।

पहिले आइपिओ आवेदनका लागि पनि बिभिन्न बैंक तथा बित्तिय संस्थाहरुमा घण्टौ लाइन बसेर सेयर आवेदन गर्नुपर्ने अवस्था थियो तर अहिले अनलाइनबाटै बैंक नगई आइपिओको आवेदन दिन सक्ने भएपछि आइपिओमा पनि आवेदकको संख्या बढेको हो ।

४.कोरोनाको प्रभावः कोरोनाले नेपालको अन्य आर्थिक क्षेत्रेलाइ तहसनहस बनाए पनि सेयर बजारको विकासमा भने महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । अहिले कोरोनाका कारण देशको समग्र अर्थतन्त्र नै तहसनहस भएको छ । मानिसहरुले आफूसँग भएको लगानी कुनै पनि क्षेत्रमा ढुक्क भएर लगानी गर्न सकिरहेका छैनन् ।

मानिसहरुले आँफूसँग भएको लगानीलाई अन्य क्षेत्र अझै चलायमान नभएकाले लगानी गर्न डराइरहेका छन् । यो अवस्थामा आम लगानीकर्ताहरुले आफ्नो पूँजी सेयर बजारमा लगानी गरेको देख्न सकिन्छ । केरोनाकै कारण अहिले बैंकहरुले अपेक्षाकृत लगानी गर्न नसकेकाले बजारमा अहिले मौद्रिक तरलता छाएको छ । जसको प्रत्यक्ष फाइदा सेयर बजारलाइ पुगेको जानकारहरुको ठम्याइ छ । बैंक तथा बित्तीय संस्थाहरुमा पैसा थुप्रिएपछि मुद्दती निक्षेपको ब्याजदर घट्यो । जसका कारण त्यो पैसा पनि अहिले सेयर बजारमा प्रबेश गरेको देखिन्छ ।

बजारले अहिले यी विभिन्न कारणहरुले नयाँ उचाई हासिल गरेको छ । बजारले अझै थप उचाइ हाँहिल गर्न सक्ने बिभिन्न कारण र आधारहरु छन् । जसमध्य केहि आधार र कारणहरु निम्नछन्ः
१.चैत्र मसान्तसम्म बैंक ब्याजदर न्यून रहिरहने सुनिश्चितता।

२.सेयर बजारको विषयमा जानकारी प्रवाह गरी सेयर शिक्षा दिनेगरी नियामक निकायद्धारा उचित नयाँ व्यवस्था गर्ने तयारी जसबाट नयाँ लगानीकर्तालाई बजारमा प्रवेशमा सहजता।

३.कारोवार शुल्क र कमिशन थोरै भएपनि घटेको अवस्था साथै टि प्लस टु लागू भएकाले कारोवारको चक्र छोटो भई थप अवसर सिर्जना हुने सम्भावना। 

४.नागरिक स्टक डिलरलाई कारोवारका लागि अनुमति प्रदान। पाँच अर्बको लगानीले स्टक डिलरले वर्ष भरिमा  पचासौं अर्ब कारोवार गर्ने हुनाले सकारात्मक प्रभाव पर्ने सुनिश्चितता।

५.कोभिड भ्याक्सिनको नेपालमा उपलब्धताले आर्थिक गतिविधिमा तीव्रता आउने र सूचीकृत कम्पनीको पनि कारोवार क्रमशः लयमै फर्किने सुनिश्चितता।

६.चुनाव अब ढिलो चाँडो हुने नै भएकाले बजारमा अधिक तरलता भइरहने अवस्था।

७.संस्थागत लगानीकर्ता र म्युचल फन्डले नयाँ कोषहरू जारी गरिरहेकाले ती रकम पनि शेयर खरीदमै प्रयोग हुने सुनिश्चितता।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको