Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा भारी गिरावट, ५४.७५ अंकले घट्यो नेप्से

नेप्से

आइतबार, १८ माघ २०७७, १५ : ११ मा प्रकाशित

सेयर बजारमा भारी गिरावट, ५४.७५ अंकले घट्यो नेप्से

साताको पहिलो दिन आज (आइतबार) सेयर बजारमा भारी गिरावट आएको छ । आज सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको हो  ।  

आज नेप्से परिसूचक ५४.७५ अंकले घटेर २३७०.५४ अंकमा पुगेको हो  । नेप्से २.२६ प्रतिशले घटेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक पनि ९.७३ अंकले घटेर ४३२.३३ अंकमा पुगेको छ ।

कुल २ सय ४ वटा कम्पनीको १ करोड ५१ लाख १० हजार ४०८  कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब २६ करोड ५९ लाख ६४  हजार ६६४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये १२ वटै उपसमूहहरुको सेयर घटेको छ ।
त्यसैगरी, आज कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ३९ करोड ८९ लाख ५९  हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

आजको सेयर तालिका हेर्नुहोस्:-
 

601678868aaab.JPG 60167889add0c.JPG 6016788cca5f7.JPG 6016788f1c002.JPG 6016789167aed.JPG 60167893c1b3b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको