Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक सञ्जालको हल्लाका पछि नलाग्न लगानीकर्ताहरुलाई सेबोनको आग्रह

अर्थ संसार

आइतबार, १८ माघ २०७७, १६ : ३७ मा प्रकाशित

सामाजिक सञ्जालको हल्लाका पछि नलाग्न लगानीकर्ताहरुलाई सेबोनको आग्रह

केही मिडिया र निहित स्वार्थ बोकेका समूहहरुले सामाजिक सञ्जालमा हल्ला फैलाएको कारण बजारमा उच्च अंकको गिरावट आएपछि नेपाल धितोपत्र बोर्डले भ्रम, अपूर्ण सूचना र हल्लाको पछि नलाग्न लगानीकर्तालाई आह्वान गरेको छ । 

धितोपत्र बोर्डका प्रबक्ता निरज गिरीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा पुरानै व्यवस्था कार्यान्वयनका लागि ब्रोकरहरुलाई गरिएको परिपत्रलाई विभिन्न समूहले तोडमोड गरी भ्रम फैलाइएको भनिएको छ । 

लगानीकर्ताहरुले लगानी गर्दा सामाजिक सञ्जाल र अपूर्ण र अपुष्ट समाचार र हल्लाको पछि नलागी सूचिकृत संस्थाको आधारभुत तथा प्राविधिक पक्षको राम्रोसंग अध्ययन गरि बिद्यमान व्यवस्थाअनुरुप नै लगानी गर्न बोर्डले बिज्ञप्ती मार्फत अनुरोध गरेको छ । 

लगानीकर्ताहरुले सेयर खरिद आदेश गर्दा ब्रोकरहरुलाई अनिवार्य रुपमा २५ प्रतिशत रकम नगदै वा ब्रोकरको खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको भनि विभिन्न सञ्चार माध्याममा आएको समाचारको बोर्डले खण्डन गरेको छ । 

धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट चक्र टी प्लस टू हुनुपर्ने व्यवस्था लागू भइसकेको उल्लेख गर्दै बोर्डले भनेको छ–‘धितोपत्र दलाल व्यवसायीहरुले सोको पालना नगरेको भनी लगानीकर्ताबाट गुनासो प्राप्त भएकोले धितोपत्र कारोवार साफसाफ तथा फछ्र्यौैट टी प्लस टूमा गर्न र सोहीअनुसार समयमा नै धितोपत्र तथा रकम सम्बन्धित लगानीकर्ताले पाउने व्यवस्था कडाईका साथ पालना गर्न परिपत्र जारी गरेको र धितोपत्र दलाल व्यवसायीले समयमा नै लगानीकर्तालाई रकम भुक्तानी गर्न सकुन् भन्ने उद्देश्यले यसअघि नै व्यवस्था गरिएको धितोपत्र कारोवार संचालन विनियमावली, २०७५ को विनियम ८ बमोजिम धितोपत्र बिक्री गर्ने लगानीकर्तासँग मार्जिन रकम वा चेक लिनसक्ने जानकारी गराइएको थियो ।’

बोर्डले लगानीकर्ताले खरिद गरेको सेयर र सेयर बिक्रीवापतको रकम समयमा नै लगानीकर्तालाई प्राप्त होस् भन्ने उद्देश्यले उक्त परिपत्र जारी गरेको र यस कार्यलाई थप प्रभावकारी बनाउन बोर्ड अध्यक्ष सहितका उच्च तहका कर्मचारी, नेप्सेको प्रतिनिधि तथा ब्रोकर एशोसियशन अफ नेपालका पदाधिकारीबीच आइतबार बोर्डमा छलफल समेत भएको बताइएको छ ।

छलफलमा धितोपत्र कारोवारलाई बैंक तथा निक्षेप सदस्यसँग इन्टिग्रेशन गर्ने गरी लगानीकर्ताको धितोपत्र कारोवार खाता, मार्जिन खाता तथा क्लियरिङ्ग खाताका सम्बन्धमा उचित व्यवस्थापन निकट भविष्यमा नै गर्ने गरी आवश्यक कार्य अगाडि बढाउने निर्णय समेत भएको बोर्डले जनाएको छ ।
धितोपत्र बोर्डद्धारा जारी बिज्ञप्तीः

60168c39554a6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको