Like us!
Follow us!
Connect us!
Watch us!

३७.७० अंकले बढ्यो नेप्से, ८ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

अर्थ संसार

सोमबार, १९ माघ २०७७, १५ : ०५ मा प्रकाशित

३७.७० अंकले बढ्यो नेप्से, ८ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । साेमबार नेप्से दोहोरो अंकले बढेकाे छ ।

नेपाल स्टक एकस्चेञ्ज (नेप्से) का अनुसार आज शेयर काराेबार मापक नेप्से परिसूचक ३७.७० अंकले बढेर २४०८.२४ अंकमा पुगेको छ । नेप्से १.५९ प्रतिशले बढेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक ४.९५ अंकले बढेर ४३७.२८ मा पुगेको छ ।

कुल २ सय ३ वटा कम्पनीको १ करोड ३३ लाख ११ हजार ९ सय ४२  कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ९७ कराेड २९  लाख ३६  हजार ५ सय २९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये माइक्राेफाइनान्स र सामूहिक लगानी काेष बाहेक सबै उपसमूहको सेयर बढेको छ ।

त्यसैगरी, साेमबार ८ वटा कम्पनीहरूकाे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड, प्रोग्रेशिभ फाइनान्स लिमिटेड, प्रोखरा फाइनान्स लिमिटेड, प्रभु लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड, सोल्टी होटल्स, तारागाउँ रिजेन्सी र बेष्ट फाइनान्स लिमिटेडकाे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हाे ।
 
हेराैँ आजको सेयर तालिका :-

6017cb99cbf58.jpg 6017cba0bd437.jpg 6017cba5e3608.jpg 6017cbab16593.jpg 6017cbb362ee0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको