Like us!
Follow us!
Connect us!
Watch us!

तारागाउँ रिजेन्सी होटेलको लाभांश कहिले पारित हुन्छ ?

अर्थ संसार

विहीबार, २२ माघ २०७७, १२ : ४५ मा प्रकाशित

तारागाउँ रिजेन्सी होटेलको लाभांश कहिले पारित हुन्छ ?

तारागाउँ रिजेन्सी होटेल लिमिटेडले २४औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे पुस २३ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे उक्त सभा फागुन १४ गते, शुक्रबार, कम्पनीकाे रजिष्टर्ड कार्यालय, बौद्ध, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीकाे १० प्रतिशतले हुन आउने १८ करोड ८६ लाख ६५ हजार ४ सय रुपैयाँ बराबरको नगद लाभांश (५ प्रतिशत करसहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा/नोक्सान हिसाब र नगद प्रवाह विवरण, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध एजेन्डाहरुमाथि छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि माघ ३० गतेदेखि फागुन १४ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-

601b9d8bdb582.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको