Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

अर्थ संसार

आइतबार, २५ माघ २०७७, ११ : ०५ मा प्रकाशित

आइतबार  सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

साताको पहिलो दिन आज (आइतबार) सुनको भाउ ह्वातै बढेको छ । 

गएको शुक्रबार तोलाको ९० हजारमा कारोबार भएको सुनको मुल्य आज ६ सय रुपैयाँले बढेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै, आज तेजाबी सुनको भाउ ९० हजार १ सय ५० रुपैयाँ कायम भएको छ । गत शुक्रबार तेजावी सुनको भाउ तोलाको ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी, आज चाँदीको मुल्य पनि सामान्य वृद्धि भएको छ । शुक्रबार तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज २० रुपैयाँ वृद्धि भएर १३ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको