Like us!
Follow us!
Connect us!
Watch us!

३७.४८ अंकले बढ्यो सेयर बजार, प्रभु बैंकको सर्वाधिक कारोबार

अर्थ संसार

सोमबार, २६ माघ २०७७, १५ : १७ मा प्रकाशित

३७.४८ अंकले बढ्यो सेयर बजार, प्रभु बैंकको सर्वाधिक कारोबार

पछिल्लो समय नेपाली सेयर बजारले नयाँ-नयाँ रेकर्ड बनाउन थालेकाे छ । आज(सोमबार) पनि सेयर बजारले नयाँ रेकर्ड राखेको छ । 

आज नेप्से परिसूचक ३७.४८ अंकले बढेर २५६१.४७ अंकमा पुगेको हो  । नेप्से १.४८ प्रतिशले बढेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक पनि ७.२८ अंकले बढेर ४६६.६० अंकमा पुगेको छ ।

कुल २ सय ५ वटा कम्पनीको १ करोड ९३ लाख ३२ हजार ७२६ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब १७ करोड ६५ लाख ९१ हजार ३२७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ७ वटा उपसमूहहरुको सेयर बढेको छ भने बाँकि ५ वटा उपसमूहको सेयर घटेको छ । 

त्यसैगरी, आज कारोबार रकमको आधारमा प्रभु बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ५८ करोड ४ लाख १६  हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

आजको सेयर तालिका हेर्नुहोस्:-

6021061e87064.jpg 60210623299c6.JPG 60210626d2565.JPG 6021062acfbd4.JPG 6021062e8cc50.JPG 6021063163430.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको