Like us!
Follow us!
Connect us!
Watch us!

ह्वातै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

मंगलबार, २७ माघ २०७७, १२ : ०३ मा प्रकाशित

ह्वातै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (मंगलबार) फेरि सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । 

मंगलबार सुनको मूल्य तोलामा एक हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, मंगलबार तेजावी सुनको मूल्य पनि तोलाको एक हजार ५ सय रूपैयाँले नै बढेर प्रतितोला ९१ हजार ४ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि तोलाको २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको