Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा गिरावट, चाँदीको के भयो?

अर्थ संसार

सोमबार, ०३ फागुन २०७७, १० : ५३ मा प्रकाशित

सुनको मूल्यमा गिरावट, चाँदीको के भयो?

नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्यमा गिरावट आएको छ । हिजो (आइतबार) तोलाको ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ सय रुपैयाँले घटेर तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै, आज तेजावी सुनको मूल्य ९० हजार २ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, आज चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । हिजो तोलाको १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले वृद्धि भएर तोलाको १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको