Like us!
Follow us!
Connect us!
Watch us!

ह्वातै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

अर्थ संसार

बुधबार, ०५ फागुन २०७७, ११ : ३२ मा प्रकाशित

ह्वातै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य ह्वातै घटेको छ ।

हिजो (मंगलबार) तोलाको ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (बुधबार) ११ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै, आज तेजावी सुनको मूल्य तोलाको ८९ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । हिजो तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २० रुपैयाँले घटेर तोलाको १३ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको