Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा लगातार गिरावट

अर्थ संसार

विहीबार, ०६ फागुन २०७७, १० : ५८ मा प्रकाशित

सुनको मूल्यमा लगातार गिरावट

आज (बिहिबार) पनि सुनको मूल्यमा गिरावट आएको छ । 

हिजो (बुधबार) तोलाको ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (बिहिबार) तोलामा ६ सय रुपैयाँले घटेर ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, आज तेजावी सुनको मूल्य ८८ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी ५ रुपैयाँले घटेर १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।  

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको