Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य ९ महिना यताकै सस्तो, कतिमा कारोबार हुँदैछ ?

अर्थ संसार

शुक्रबार, ०७ फागुन २०७७, १० : ५६ मा प्रकाशित

सुनको मूल्य ९ महिना यताकै सस्तो, कतिमा कारोबार हुँदैछ ?

आज (शुक्रबार) पनि सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्आय ९ महिना यताकै सस्तो भएको हो । सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो । 

आज छापावाला सुन प्रतितोला ८८ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो (बिहिबार) सुन ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज तेजावी सुनको मूल्य ८७ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । बिहिबार तेजावी सुन प्रतितोला ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी ३० रुपैयाँले घटेर १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको