Like us!
Follow us!
Connect us!
Watch us!

ह्वातै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको?

अर्थ संसार

मंगलबार, ११ फागुन २०७७, ११ : ३१ मा प्रकाशित

ह्वातै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको?

नेपाली बजारमा आज (मङ्गलबार) सुनको मूल्य ह्वातै बढेको छ । 

हिजो (सोमबार) तोलाको ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज (मङ्गलबार) तोलामा ११ सय रुपैयाँले बढेर ९० हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, आज तेजावी सुनको मूल्य ८९ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो (सोमबार) १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २५ रुपैयाँले बढेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको