Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषले ३ लाख ५४ हजार कित्ता सर्वसाधारण शेयर लिलामीमा बिक्री गर्ने

अर्थ संसार

बुधबार, १२ फागुन २०७७, ०७ : ३६ मा प्रकाशित

नागरिक लगानी कोषले ३ लाख ५४ हजार कित्ता सर्वसाधारण शेयर लिलामीमा बिक्री गर्ने

नागरिक लगानी कोषले फागुन २१ गते, शुक्रबारबाट शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । कोषले पुस २८ गते मंगलबारदेखि माघ १९ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको ३ लाख ५४ हजार एक सय ५० कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेकाे हाे । 

लगानीकर्ताले फागुन २१ गते, शुक्रबारबाट चैत्र २ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, काेषको निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताहरुले आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडौँ, नागरिक लगानी काेष, नयाँ बानेश्वर, काठमाडाैँ तथा शाखा कार्यालयहरू माेरङ र कास्की तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

काेषले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6035b1130b5c7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको