Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा गिरावट, कति पुग्यो तोलाको ?

अर्थ संसार

विहीबार, १३ फागुन २०७७, ११ : ११ मा प्रकाशित

सुनको मूल्यमा गिरावट, कति पुग्यो तोलाको ?

नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ ।  

हिजो (बुधबार) तोलाको ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (बिहीबार) ५ सय रुपैयाँले घटेर तोलाको ८९  हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, आज तेजावी सुनको मूल्य ८८ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । 

त्यस्तै, आज (बिहीबार) चाँदीको मूल्य भने बढेको छ । हिजो (बुधबार) तोलाको १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर तोलाको  १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको महासंले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको