नेपाल टेलिकमले आकर्षण बोनस दिने अपेक्षाका साथ सेयर खरिद गरेका लगानीकर्ताहरु हिस्स भएका छन् । टेलिकमले सेयरमूल्य दोब्बर हुँदा पनि आफ्ना सेयरधनीहरुलाई अहिलेसम्मकै थोरै लाभांश वितरण गर्ने प्रस्ताव गरेर लगानीकर्ताहरुलाई निराश बनाएको हो । 
कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई  प्रतिसेयर ४० रुपैयाँका दरले लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा प्रतिसेयर ४५ रुपैयाँ लाभांश दिएको थियो । त्यसैगरी,  क्रमशः २०७४/७५ मा प्रतिसेयर ५५ रुपैयाँ, २०७३/७४ मा प्रतिसेयर ५५ रुपैयाँ र २०७२/७३ मा प्रतिसेयर ५० रुपैयाँ बोनस सेयर वितरण गरेको थियो ।
कम्पनीको सञ्चालक समितिको आज बिहान बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश नेपाल सरकारबाट स्वीकृत भएपछि र आगामी वार्षिक साधारणसभाबाट  पारित भएपछि वितरण गरिनेछ । 

                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस