Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल हाइड्रो डेभलपरको नाफा घट्दा के भयाे अरू सूचक ?

अर्थ संसार

बुधबार, १९ फागुन २०७७, १७ : ५९ मा प्रकाशित

नेपाल हाइड्रो डेभलपरको नाफा घट्दा के भयाे अरू सूचक ?

नेपाल हाइड्रो डेभलपर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ करोड १८ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ५६.३३ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले २ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

यसैगरी, दोस्रो त्रैमासमा कम्पनीले बिजुली बेचेर ४ करोड ३३ लाख  रुपैयाँ मात्र आम्दानी गरेको छ । उक्त आम्दानी गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ६ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको थियाे । 

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी २६ करोड रुपैयाँ हुँदा जगेडा कोषमा ६ करोड ११ लाख रूपैयाँ रहेकाे छ । कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ८ पैसा रहेकाे छ । कम्पनीकाे प्रतिशेयर नेटवर्थ १२४ रूपैयाँ रहेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको