Like us!
Follow us!
Connect us!
Watch us!

४०% लाभांश पारित गर्न नेपाल टेलिकमले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

अर्थ संसार

विहीबार, २० फागुन २०७७, ०९ : ४३ मा प्रकाशित

४०% लाभांश पारित गर्न नेपाल टेलिकमले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

नेपाल टेलिकम लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे फागुन १९ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे तेर्हाैँ वार्षिक साधारण सभा चैत्र १३ गते शुक्रबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडाैँमा बिहान ११ बजेबाट सुरू हुनेछ ।  

सभामा कम्पनीका सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट  प्रतिसेयर ४० रुपैयाँका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्यको निर्वाचन गर्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन २८ गतेदेखि चैत १३ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6040600d92add.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको