Like us!
Follow us!
Connect us!
Watch us!

न्यून पिई रेसियो भएका १२ कम्पनी: जसले चिन्यो, उसले किन्यो !

निशा हुमाँगाई

शुक्रबार, २८ फागुन २०७७, १५ : ५२ मा प्रकाशित

न्यून पिई रेसियो भएका १२ कम्पनी: जसले चिन्यो, उसले किन्यो !

पछिल्लाे समय सेयर बजारमा लगानीकर्ताहरूकाे क्रेज बढेकाे छ । नयाँ लगानीकर्ताहरू थपिने क्रम पनि दिनानुदिन बढ्दै गइरहेकाे छ ।

यस्ताे अवस्थामा कतिपय उत्कृष्ट वित्तीय अवस्था भएका कम्पनीहरू पनि लगानीकर्ताहरूकाे आँखामा परेका छैनन् । अर्थात् केही उत्कृष्ट कम्पनीहरू ओझेलमा परेका छन् । 

कुनै पनि कम्पनीकाे सेयरमूल्यलाई मूल्य आम्दानी अनुपात (पिई रेसियाे) ले प्रत्यक्ष रूपमा प्रभावित पार्ने गर्दछ । कम्पनीकाे सेयरमूल्यलाई प्रभाव पार्ने कुराहरू भनेका पिई रेसियाे, खूद सम्पत्ती, कूल सम्पत्ती, प्रतिशेयर आम्दानी, संचित नोक्सानी, सञ्चालन खर्च आदी हुन् ।

कम्पनीकाे प्रतिशेयर आम्दानी हेरेर बजारमा सेयरकाे मूल्य कति गुणा बढीमा किनबेच भइरहेकाे छ भनेर यसले छु्ट्याउन हामीलाई सघाउँछ । कम्पनीले यतिकै आम्दानी हरेक वर्ष गर्दा अहिले बजारमा किनेकाे सेयरले कति समयमा लगानी फिर्ता गर्ला भनेर पिइ रेसियाे हेरेर अनुमान लगाउन सकिन्छ । 

कुनै पनी कम्पनीको पिई रेसियो कम्पनीको हालको प्रतिसेयर मूल्यलाई कम्पनीको प्रतिसेयर आम्दानीले भाग गरेर निकाल्ने गरिन्छ । कम्पनीको छनौट गर्दा सकेसम्म कम पिइ रेसियो रहेका कम्पनीको छनौट गर्नु पर्दछ । नयाँ लगानीकर्ताहरुले १५ भन्दा कम पिइ रेसियो भएका कम्पनीहरुमा लगानी गर्न सकेमा त्यो लगानी बढि सुरक्षित हुन सक्दछ । आज हामी यहाँ पिई रेसियाे १५ भन्दा कम भएका १२ वटा कम्पनीहरूकाे कुरा गर्दैछाैँ ।

हेराैँ पिई रेसियाे १५ भन्दा कम भएका १२ कम्पनी :

१. कामना सेवा विकास बैंक लिमिटेड :

याे साताकाे अन्तिम काराेबार दिन (फागुन २६ गते, बुधबार) काे तथ्यांक अनुसार सबैभन्दा थाेरै पिई रेसियाे भएकाे कम्पनीकाे अग्र स्थान कामना सेवा विकास बैंक लिमिटेड रहेकाे छ । बैंककाे अन्तिम काराेबार मूल्य २ सय ९७ रहँदा पिई रेसियाे १० दशमलव १० रहेकाे छ ।

२. गाेर्खाज फाइनान्स कम्पनी लिमिटेड :

सबैभन्दा थाेरै पिई रेसियाे भएकाे कम्पनीकाे सूची हेर्दा दाेश्राेमा गाेर्खाज फाइनान्स कम्पनी लिमिटेड रहेकाे छ । फागुन २६ गते, बुधबारकाे तथ्यांक अनुसार फाइनान्सकाे अन्तिम काराेबार मूल्य ३ सय ९९ रहँदा पिई रेसियाे १० दशमलव १७ रहेकाे छ ।

३. आईसीएफसी फाइनान्स कम्पनी लिमिटेड :

कम पिई रेसियाे भएकाे तेश्राेमा आईसीएफसी फाइनान्स कम्पनी लिमिटेड रहेकाे छ । फागुन २६ गते, बुधबारकाे तथ्यांक अनुसार फाइनान्सकाे अन्तिम काराेबार मूल्य २ सय ९६ रहँदा पिई रेसियाे १२ दशमलव ३७ रहेकाे छ ।

४. महालक्ष्मी विकास बैंक लिमिटेड :

कम पिई रेसियाे भएकाे चाैँथाेमा महालक्ष्मी विकास बैंक लिमिटेड रहेकाे छ । फागुन २६ गते, बुधबारकाे तथ्यांक अनुसार बैंककाे अन्तिम काराेबार मूल्य २ सय ९९ रहँदा पिई रेसियाे १३ दशमलव २४ रहेकाे छ ।

५. पाँचथर पावर कम्पनी लिमिटेड :

कम पिई रेसियाे भएकाे पाँचाै नम्बरमा पाँचथर पावर कम्पनी लिमिटेड रहेकाे छ । फागुन २६ गते, बुधबारकाे तथ्यांक अनुसार कम्पनीकाे अन्तिम काराेबार मूल्य २ सय ४७ रहँदा पिई रेसियाे १३ दशमलव २५ रहेकाे छ ।

६. पाेखरा फाइनान्स कम्पनी लिमिटेड :

कम पिई रेसियाे भएकाे छैठाैँ नम्बरमा पाेखरा फाइनान्स कम्पनी लिमिटेड रहेकाे छ । फागुन २६ गते, बुधबारकाे तथ्यांक अनुसार फाइनान्सकाे अन्तिम काराेबार मूल्य २ सय ७० रहँदा पिई रेसियाे १३ दशमलव ४२ रहेकाे छ ।

७. लुम्बिनी विकास बैंक लिमिटेड :

कम पिई रेसियाे भएकाे साताैँमा लुम्बिनी विकास बैंक लिमिटेड रहेकाे छ । फागुन २६ गते, बुधबारकाे तथ्यांक अनुसार बैंककाे अन्तिम काराेबार मूल्य २ सय ४२ रहँदा पिई रेसियाे १३ दशमलव ४३ रहेकाे छ ।

८. ज्याेती विकास बैंक लिमिटेड :

कम पिई रेसियाे भएकाे आठाैँमा ज्याेती विकास बैंक लिमिटेड रहेकाे छ । फागुन २६ गते, बुधबारकाे तथ्यांक अनुसार बैंककाे अन्तिम काराेबार मूल्य २ सय २० रूपैयाँ रहँदा पिई रेसियाे १३ दशमलव ८४ रहेकाे छ ।

९. अरूण काबेली पावर कम्पनी लिमिटेड :

कम पिई रेसियाे भएकाे नवाैँ नम्बरमा अरूण काबेली पावर कम्पनी लिमिटेड रहेकाे छ । फागुन २६ गते, बुधबारकाे तथ्यांक अनुसार कम्पनीकाे अन्तिम काराेबार मूल्य ३ सय २० रूपैयाँ रहँदा पिई रेसियाे १३ दशमलव ८९ रहेकाे छ ।

१०. गरिमा विकास बैंक लिमिटेड :

कम पिई रेसियाे भएकाे दशाैँ नम्बरमा गरिमा विकास बैंक लिमिटेड रहेकाे छ । फागुन २६ गते, बुधबारकाे तथ्यांक अनुसार बैंककाे अन्तिम काराेबार मूल्य ३ सय ५ रूपैयाँ रहँदा पिई रेसियाे १४ दशमलव २५ रहेकाे छ ।

११. नेपाल बङ्गलादेश बैंक लिमिटेड :

कम पिई रेसियाे भएकाे एघाराैँ नम्बरमा नेपाल बङ्गलादेश बैंक लिमिटेड रहेकाे छ । फागुन २६ गते, बुधबारकाे तथ्यांक अनुसार बैंककाे अन्तिम काराेबार मूल्य ३ सय ४ रूपैयाँ रहँदा पिई रेसियाे १४ दशमलव ५५ रहेकाे छ ।

१२. कालिका पावर कम्पनी लिमिटेड :

कम पिई रेसियाे भएकाे बाहाैँ नम्बरमा कालिका पावर कम्पनी लिमिटेड रहेकाे छ । फागुन २६ गते, बुधबारकाे तथ्यांक अनुसार कम्पनीकाे अन्तिम काराेबार मूल्य २ सय ६२ रूपैयाँ रहँदा पिई रेसियाे १४ दशमलव ६६ रहेकाे छ ।

604b0715de6cb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको