Like us!
Follow us!
Connect us!
Watch us!

साङ्गे विद्युतले डाक्यो वार्षिक सभा, के-के छन् पारित हुने एजेण्डा ?

अर्थ संसार

शुक्रबार, ०६ चैत्र २०७७, १० : ३६ मा प्रकाशित

साङ्गे विद्युतले डाक्यो वार्षिक सभा, के-के छन् पारित हुने एजेण्डा ?

साङ्गे विद्युत कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको चैत ५ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको वार्षिक सभा चैत २७ गते शुक्रबार कम्पनीको कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे शुक्रबार हुँदैछ ।

सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७६/७७ को नगद लाभांश पनि पारित गर्नेछ ।

सभामा संचालक समितिको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा-नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध विषयमा छलफल गरि पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:- 

60542e6a8bc5d.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको