Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो रह्यो यो साताको सेयर बजार

अर्थ संसार

शनिबार, ०७ चैत्र २०७७, ०५ : ३१ मा प्रकाशित

यस्तो रह्यो यो साताको सेयर बजार

यो साता सेयर बजारमा उत्साह फर्किएको छ । 

५ दिनको कारोबारमा यस साता बजार ३ दिन बढेको थियो । आइतबार र सोमबार घटेको बजार मंगलबारबाट लगातार बिहीबारसम्म बढेको थियो । 

यस साता नेप्से परिसूचक १६ दशमलव ६१ अंकले बढेर २४ सय ७५ दशमलव ०९ विन्दुमा रोकिएको छ । गत साता नेप्से परिसूचक ४८ दशमलव २ अंकले घटेर २४ सय ५८ दशमलव ४८ विन्दुमा रोकिएको थियो ।

यस साता कारोबार रकममा भने खासै फरक देखिएको छैन । गत साता पनि औसतमा दैनिक ४ अर्ब भन्दा माथीको कारोबार भएकोमा यस साता पनि औसतमा दैनिक ४ अर्ब१२ करोडको कारोबार भएको छ ।

यस साता कारोबार भएका १३ उपसमूहमध्ये ४ वटा उपसमूह र्अथात् बैंकिङ्ग, निर्जिवन बिमा कम्पनी, व्यापार र अन्य समूह घट्दा  बाँकी ९ वटा समूहको सेयर बढेको छ ।

यस साता धेरै कमाउनेको सूचीमा चन्द्रागिरी हिल्सका लगानीकर्ता देखिएका छन् । कम्पनीको सेयर मूल्य ६० दशमलव ७० प्रतिशतले बढेर एक हजार २ सय ९२ पुगेको छ । गत साताको अन्तिम दिन कम्पनीको सेयर मूल्य ८ सय ४ रुपैयाँ थियो ।  त्यस पश्चात् धेरै कमाउने दोश्रो र तेश्रोमा क्रमश युनाइटेड इदी मार्दी र पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् ।

त्यसैगरी, यस साता सबैभन्दा धेरै गुमाउनेमा  नेपाल हाइड्रो डेभलपर्स कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् । त्यस पश्चात् धेरै गुमाउने दोश्रो र तेश्रोमा क्रमश हिमालयन पावर पार्टनर र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् ।

यस साताको सेयर बजारलाई समग्रमा हेर्दा यस साता आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५१ दशमलव २३ अंकले घटेर २४०७ दशमलव २५ विन्दुमा पुगेको थियो । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक १८ दशमलव ०७ अंकले घटेर २३८९ दशमलव १९ विन्दुमा पुगेको थियो । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक २ दशमलव ५६ अंकले बढेर २३९१ दशमलव ७४ विन्दुमा पुगेको थियो । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४० दशमलव ४० अंकले बढेर २४३२ दशमलव १४ विन्दुमा पुगेको थियो । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ४२ दशमलव ९५ अंकले बढेर २४७५ दशमलव ०९ विन्दुमा पुगी यस सातालाई बिदाइ गरेको छ ।

सेयर सूचीकरणको कुरा गर्नुपर्दा यस साता नेप्सेमा २ वटा नयाँ कम्पनी थपिएको छ । ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेड यस साता नेप्सेमा नयाँ थपिएका २ कम्पनी हुन् । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १० लाख कित्ता साधारण सेयर आइपिओ र ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको १ करोड ८० लाख कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको हो ।  
यी २ कम्पनी सहित यस साता नेप्सेमा ९ वटा कम्पनीको सेयर सूचिकृत भएको छ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल बंगलादेश बैंक लिमिटेड, सेञ्चुरी कमर्शियल बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड, ग्लोबल आइएमइ बैंक लमिटिेड, लुम्बिनी विकास बैंक लिमिटेड, नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर यस साता नेप्सेमा सूचिकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको