Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले घटेको सेयर बजारमा निफ्राको सर्वाधिक कारोबार

अर्थ संसार

विहीबार, १२ चैत्र २०७७, १५ : १२ मा प्रकाशित

दोहोरो अंकले घटेको सेयर बजारमा निफ्राको सर्वाधिक कारोबार

साताको अन्तिम दिन आज (बिहिबार) पनि सेयर बजारले ओकालो यात्रा तय गरेको छ । बिहिबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २१.२९ अंकले घटेर २५४८.९६ मा पुगेकाे छ । नेप्से ०.८३ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ५.६४  अंकले घटेर ४५०.३१ मा पुगेको छ ।

कूल २०८ वटा कम्पनीकाे एक कराेड २३ लाख ७६ हजार ७ सय ७७ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ४० करोड ३३ लाख ५७ हजार ३ सय ७७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये ३ वटा मात्र उपसमूहको सेयर बढेको छ भने बाँकी १० वटा उपसमूहकाे सेयर घटेकाे छ । 

त्यसैगरी, स्टकका अनुसार बुधबार सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सेयर काराेबार भएकाे छ । कम्पनीले ८९ करोड ५० लाख ३८ लाख बराबरको कारोबार भएको छ ।

आजको सेयर तालिका हेर्नुहोस्:- 

605c585b7c371.JPG 605c585ec1a01.JPG 605c5861c417a.JPG 605c58656cf93.JPG 605c586b272fb.JPG 605c586b2ae91.JPG 605c586b4a8a6.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको