Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल हाइड्रो डेभलोपरको साधारण सभा आज, १५.७८% लाभांश पारित हुँदै

अर्थ संसार

मंगलबार, १७ चैत्र २०७७, ०८ : १७ मा प्रकाशित

नेपाल हाइड्रो डेभलोपरको साधारण सभा आज, १५.७८% लाभांश पारित हुँदै

नेपाल हाइड्रो डेभलोपर लिमिटेडकाे १२ औं, १३ औं र १४ औं वार्षिक साधारण सभा आज (चैत्र १७ गते, मंगलबार) हुँदैछ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लिबजार, काठमाडाैँमा दिउँसो ३ बजेबाट सुरू हुनेछ । 

सभामा आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसका साथै, सभामा आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७  को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा छलफल गर्ने प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र ३ गतेदेखि चैत्र १७ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, चैत्र २ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको