Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्सले हकप्रद निष्कासन गर्ने

अर्थ संसार

मंगलबार, १७ चैत्र २०७७, १० : ०५ मा प्रकाशित

अजोड इन्स्योरेन्सले हकप्रद निष्कासन गर्ने

अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा आह्वान छ।कम्पनी सञ्चालक समितिको चैत १६ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको उक्त सभा वैशाख ७ गते मंगलबार, वल्र्ड ट्रेड सेन्टरको डीईसीसी, अमन हल त्रिपुरेश्वरमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले हाल कायम चुक्तापुँजीको ५० प्रतिशत अर्थात प्रत्येक २ कित्ता सेयरबराबर थप १ कित्ताका दरले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

त्यसैगरी, सभमा कम्पनीको अधिकृत पुँजी वृद्धि गर्ने तथा हकप्रद सेयरको हदसम्म जारी पुँजी तथा चुक्तापुँजी वृद्धि गर्ने र सोहीअनुसार कम्पनीको नियमावलीको नियम २४(२) र नियम ४० मा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

यसका साथै, सभामा सञ्चालक समितिका तर्फबाट प्रस्तुत हुने गत आर्थिक वर्षको तेस्रो वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायत विविध एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ ।
कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले यही चैत २४ गतेदेखि वार्षिक साधारणसभा सम्पन्न नभएसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, चैत २३ गतेसम्म कायम सेयरधनीहरुमात्र वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्। 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

6062a79381cbf.jfif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको