Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे र महिला सहयात्रा लघुवित्तको साधारण सभा आज, यस्ता छन् पारित हुने एजेन्डा

अर्थ संसार

बुधबार, १८ चैत्र २०७७, ०७ : २७ मा प्रकाशित

मिर्मिरे र महिला सहयात्रा लघुवित्तको साधारण सभा आज, यस्ता छन् पारित हुने एजेन्डा

आज (चैत्र १८ गते, बुधबार) विभिन्न २ वटा लघुवित्तकाे वार्षिक साधारण सभा हुँदैछ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे वार्षिक साधारण सभा आज (चैत्र १८ गते, बुधबार) हुन लागेकाे हाे ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे दशाैँ वार्षिक साधारण सभा आज (चैत्र १८ गते, बुधबार) पञ्चकन्या बैंन्क्वेट,बनेपा, काभ्रेपलाञ्चाेकमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा संस्थाकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ९.२० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४८२९४४ नगर गरि कुल ९.६८२९४४ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यसैगरी, सभामा स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गरेपश्चात संस्थापक सेयर र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलान गर्ने क्रममा फरक परेको रकमलाई प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि चैत्र ८ गतेदेखि चैत्र १८ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, चैत्र ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आठौँ वार्षिक साधारण सभा आज (चैत्र १८ गते, बुधबार) ओम अध्याय रिट्रीट रिसोर्ट, थाहा नगरपालिका, ६ मकवानपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत गद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १०.५३ प्रतिशत लाभांश पारित गर्नेछ। त्यसैगरी, संस्थाले साधारण सभा र लाभांश प्रयोजनका लागि चैत १ गते एक दिनका लागि बुकक्लोज  गरेको थियाे । त्यसैले फागुन २९ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्र लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको