Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको अनलाईन ट्रेडिङमा समस्या, लगानीकर्ता मारमा

अर्थ संसार

बुधबार, १८ चैत्र २०७७, १२ : ४१ मा प्रकाशित

नेप्सेको अनलाईन ट्रेडिङमा समस्या, लगानीकर्ता मारमा

नेपाल स्टक एकस्चेन्ज(नेप्से) को अनलाईन ट्रेडिङमा सिस्टम(टिएमएस) मा समस्या आएपछि लगानीकर्ताहरुमा मारमा परेका छन् । 

केहि समय अघि सम्म लगानीकर्ताले अनुरोध गरेको खरिद आदेश नै हराउने समस्या आइरहेकोमा अहिले भने अनलाईन ट्रेडिङमा सिस्टमको वेवसाइट नै नखुल्ने समस्या देखिएको छ । 

विगतमा पनि नेप्सेको अनलाईन ट्रेडिङमा सिस्टममा विभिन्न समस्याहरु आउने गर्दथे । केहि साता पहिले पनि नेप्सेमा निफ्रा कम्पनीको सेयर मूल्य एकैपटक १०० प्रतिशतले घटेको देखाईएको थियो । 

बारम्बार बजार बढेकै समयमा टिएमएसमा समस्या देखिनु नियोजित षडयन्त्र भएको आरोप लगानीकर्ताहरुले लगाउने गरेका छन् ।

60641e15b6067.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको