Like us!
Follow us!
Connect us!
Watch us!

अपी पावरको सौर्य आयोजना वैशाख भित्रै, ६२.५ मेगावाटको मालिक बन्दै !

अर्थ संसार

सोमबार, ०६ बैशाख २०७८, १३ : १३ मा प्रकाशित

अपी पावरको सौर्य आयोजना वैशाख भित्रै, ६२.५ मेगावाटको मालिक बन्दै !

अपि पावर कम्पनी द्धारा निर्मार्णाधिन ४ मे.वा. क्षमताको चन्द्रनिगाहपूर सौर्य आयोजना वैशाख महिना भित्र संचालनामा आउने भएको छ । अहिले यसको अन्तिम चरणमा कामहरु दु्रत गतिमा भैरहेको छ ।

यो आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको ३३ के.भी. प्रसारणमा जडान हुनेछ । यो आयोजना EPC model अन्तरगत गत कुशल प्रोजेक्ट नेपालले निर्माण गरेको हो । यसै गरी कम्पनीले ढल्केबर र सिमरामा १–१ मे.वा. र क्षमताको अर्का आयोजना निर्माण सुरु गरेको छ ।

यी आयोजनाहरु केही महिना भित्र संचालनमा ल्याउने तयारी कम्पनीले गरेको छ । नेपाल बिद्युत प्राधिकरण र अपि पावर कम्पनीका विच मिति २०७५ साउन २७ गते निजि क्षेत्रबाट ग्रीड कनेक्टेड सौर्य बिद्युत आयोजनाको बिद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको थियो । सम्झौता अन्र्तगत जम्मा १८.५ मेगावाट क्षमताका विभिन्न आयोजनाहरु निर्माण गरिनेछन् । यस अन्र्तगत कम्पनीले पहिलो चरणमा तीन आयोजनाबाट ६ मे.वा.बिद्युत उत्पादन गरिनेछ ।

यी आयोजनाहरुको निर्माण अबधी १० महिना रहेको छ । नेपालमा निजी क्षेत्रबाट प्रर्वधित यी पहिला आयोजना हुन्। यस आयोजनाबाट उत्पादित बिद्युत नेपाल विद्युत प्राधिकरण ११ के.भी. र ३३ के.वी. प्रशारण लाइनमा जडान गरिनेछ ।यी आयोजनाको बिद्युत खरिद बिक्री दर रु. ७.३० प्रति युनिट रहेको छ । 
 
यी आयोजनाहरुको निर्माण पछि अपि पावर कम्पनीसँग ५६.५ मे.वा. जलविद्युत तथा १८.५ मे.वा सौर्य गरी जम्मा ६२.५ मे.वा. का आयोजनाहरु रहने छन् । यस आयोजनाको निर्माण सम्पन्न गरेपछि कम्पनीको नाफामा उल्लेखित रुपमा बढ्नेछ र शेयरधनीहरुले मुनाफा वृद्धि हुने विश्वास कम्पनीले लिएको छ ।

कम्पनीले यस अघि नै दार्चुला जिल्लामा ८.५ मे.वा.र ८ मे.वा.क्षमताका दुई आयोजना निर्माण गरि संचालनमा ल्याएको छ भने आगामी वर्षमा कम्पनीले दार्चुला जिल्लामा अवस्थीत ४०मे.वा क्षमताको अपर चमेलीया जलविद्युत आयोजना संचालनमा गर्नेछ । हाल यो आयोजनाको निर्माण कार्य भैरहेको छ । 

607d32fd9b3dd.jpg 607d32fde00b9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको