Like us!
Follow us!
Connect us!
Watch us!

बेष्ट फाइनान्सले डाक्यो वार्षिक सभा, के-के छन् एजेण्डा ?

अर्थ संसार

शुक्रबार, १० बैशाख २०७८, १० : ३२ मा प्रकाशित

बेष्ट फाइनान्सले डाक्यो वार्षिक सभा, के-के छन् एजेण्डा ?

बेष्ट फाइनान्स कम्पनी लिमिटेडले २४ औँ वार्षिक साधारणसभा आह्वान गरेको  छ।

कम्पनीको हिजो (वैशाख ९ गते, बिहीबार) बसेको  सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा वैशाख ३१ गते, शुक्रबार  कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षणको प्रतिवेदन सहितको वार्षिक वित्तीय विवरणहरु, वासलात, नाफा-नोक्सान हिसाब लगायत वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ । 

त्यस्तै, सभामा लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक समितिबाट संस्थापक सेयरधनीको तर्फबाट मनोनित महिला संचालक नियुक्तिको अनुमोदन गरिनेछ । 

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग आपसमा गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रियाका आवश्यक सम्पूर्ण कार्य गर्ने पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। 

सभा प्रयोजनका लागि यही वैशाख १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय कम्पनीले गरेको छ। त्यसैले वैशाख १८ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन योग्य हुनेछन्

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:- 

60825214a78ff.jfif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको