Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्रोफाइनान्सले सेयर लिलामीमा ल्याउँदै, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

शुक्रबार, १० बैशाख २०७८, ११ : ४३ मा प्रकाशित

नेशनल माइक्रोफाइनान्सले सेयर लिलामीमा ल्याउँदै, प्रतिकित्ता मूल्य कति ?

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ५० हजार कित्ता संस्थापक सेयर लिलामीमार्फत बढाबढ गरी बिक्री गर्ने भएको छ।

कम्पनीले न्यूनतम मूल्य प्रतिकित्ता १२ सय अंकित दरका ५० हजार कित्ता संस्थापक सेयर वैशाख १३ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक विद्यामान सस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले जेठ १६ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

उक्त सेयरको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडके गर्नेछ। 

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

6082625c29ed4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको