Like us!
Follow us!
Connect us!
Watch us!

मेरो लघुबित्तको खुद नाफा २०९.४१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

सोमबार, १३ बैशाख २०७८, ०६ : २४ मा प्रकाशित

मेरो लघुबित्तको खुद नाफा २०९.४१ प्रतिशतले बढ्यो,  प्रतिसेयर आम्दानी कति ?

मेरो लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले २९ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा २०९.४१ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले ९ करोड ५८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि २१८.७८ प्रतिशतले बढेर ३८ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १२ करोड १५ लाख रूपैयाँ मात्र थियो । त्यसैगरी,  तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ८१.८९ प्रतिशतले बढेको छ ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब रुपैयाँ र जगेडा कोषमा ४८ करोड १ लाख रुपैयाँ रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३९ रुपैयाँ ५३ पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ २ पैसा रहेको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको