Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आईएमई बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ५६ करोड, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

बुधबार, १५ बैशाख २०७८, ०६ : ४५ मा प्रकाशित

ग्लोबल आईएमई बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ५६ करोड, प्रतिसेयर आम्दानी कति ?

ग्लोबल आईएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। आज बुधबार प्रकाशित विवरण अनुसार विवरण अनुसार बैंकको मुनाफा ३२ प्रतिशत भन्दा बढिले बृद्धि भएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा  हासिल गरेको छ। यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.४० प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७० करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

बैंकको वितरणयोग्य मुनाफामा पनि बृद्धि भएको छ । बैंकको वितरणयोग्य मुनाफा बृद्धि भएर २ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ पुगेको छ । 

यो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा पनि बृद्धि आएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा बैंकले ६ अर्ब ३३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो बर्ष त्यो १४.४४ प्रतिशतले बढेर ६ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानीसंगै सञ्चालन मुनाफामा पनि भने बृद्धि भएको छ अघिल्लो बर्ष यहि अवधिमा संस्थाको सञ्चालन मुनाफा ३ अर्ब ७९ करोड रुपैयाँ रहेकोमा बैंकको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३२.७५ प्रतिशतले बृद्धि भएर ५ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । 
बैंकको खुद मुनाफा बृद्धि भएसंगै प्रतिसेयर आम्दानीमा पनि बृद्धि भएको छ । अघिल्लो बर्षको यहि अवधिमा बैंकको प्रतिसेयर आम्दानी १८ रुपैया ९९ पैसा रहेकोमा अहिले त्यो ३ रुपैयाँ ६ पैसाले बढेर २२ रुपैयाँ ५ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात (पिई रेसियो) २०.४० गुणा रहको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ९२ पैसा रहेको छ । 

बैंकको चुक्ता पूँजी चैत मसान्तसम्ममा २१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको जगेडा कोष ३.०६ प्रतिशतले घटेर ७ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको