Like us!
Follow us!
Connect us!
Watch us!

तीन दिनमै बिक्यो एनआईबिएल समृद्धि फण्ड-२, लगानीकर्तालाई धन्यवाद: एनआईबिएल एस क्यापिटल

अर्थ संसार

विहीबार, १६ बैशाख २०७८, १८ : ०६ मा प्रकाशित

तीन दिनमै बिक्यो एनआईबिएल समृद्धि फण्ड-२, लगानीकर्तालाई धन्यवाद: एनआईबिएल एस क्यापिटल

एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्ड-२ को इकाईहरु तीन दिनमै सबै बिक्री भई सकेको छ ।

क्यापिटलका अनुसार तेस्रो दिनसम्म कुल ५६ हजार १ सय २ आवेदकबाट १३ करोड ४७ लाख ५७ हजार २२० इकाई (एक अब ३४ करोड ७५ लाख ७२ हजार २०० रुपैयाँ बराबर) को लागि आवेदन परिसकेको छ ।

जुन संस्थाले माग गरेको भन्दा १२.३० प्रतिशत बढीको आवेदन हो ।

क्यापिटलले बैशाख १३ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणलाई बिक्रीमा राखेको हो ।

उक्त फण्डमा न्यूनतम १००  देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिने आज अर्थात बैशाख १६ गते अन्तिम दिन रहेको छ । निश्कासन गरेको केही दिनभित्रै ईकाइ बिक्री भएपछि एनआईविएल एस क्यापिटल लिमिटेडका सहायक महाप्रवन्धक सचिन्द्र ढुंगानाले लगानी गर्ने लगानीकर्तालाई धन्यवाद दिएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको