Like us!
Follow us!
Connect us!
Watch us!

निषेधाज्ञामा पनि पेट्रोलिमय पदार्थको आपूर्ति  सहज छः आयल निगम

अर्थ संसार

शनिबार, १८ बैशाख २०७८, ०९ : ४६ मा प्रकाशित

निषेधाज्ञामा पनि पेट्रोलिमय पदार्थको आपूर्ति  सहज छः आयल निगम

कोरोना  महामारी रोकथामका लागि निषेधाज्ञा भए पनि पेट्रोलियम पदार्थको सहज आपूर्ति भइरहेको नेपाल आयल निगमले  जनाएको  छ ।

पेट्रोलियम  पदार्थको खरिद  तथा  बिक्री  वितरणमा  कुनै  समस्या नभएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी  दिए ।

माग अनुसारको  सप्लाईमा कुनै समस्या नभएको उनको भनाइ छ । निषेधाज्ञापछि   पेट्रोलियम   पदार्थको   माग घटेको   छ ।   प्रवक्ता   उपाध्यायले   भने, “यातायातका  साधन  र  बजार  ठप्प  भएपछि पेट्रोलियम  पदार्थको  माग  घट्नु  स्वाभाविक  हो तर  कतिले  घट्यो  भन्ने  कुरा  हामी  एक  हप्तामा निकाल्छौँ । अहिले निषेधाज्ञामा हामीले हाम्रो सेवा स्थगित  गरेका  छैनौँ,  पेट्रोलियम  पदार्थको  सहज आपूर्ति छ ।”

उनका अनुसार निगमले भारतबाट सहज आपूर्ति  गरिरहेको  छ  भने  नेपालको  आन्तरिक बजारमा  पनि  सहज आपूर्ति गरिरहेको  छ । स्वास्थ्य  मापदण्ड  अपनाएर  डिपोहरू  सञ्चालन गरिरहेको छ । कर्मचारीलाई  वैकल्पिक रूपमा काममा  लगाइएको  छ । निगमका सबै कारोवार खुला  रहेको उपाध्यायले  जानकारी  दिए ।  पेट्रोलपम्प पनि खुला राखिएको निगमले जनाएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको