Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्सको सेयरले डुबायो लगानीकर्ताहरुलाई, तीन सातामै गुमाए ३२ प्रतिशतभन्दा बढी

अर्थ संसार

सोमबार, २० बैशाख २०७८, ०० : ०० मा प्रकाशित

चन्द्रागिरी हिल्सको सेयरले डुबायो लगानीकर्ताहरुलाई, तीन सातामै गुमाए ३२ प्रतिशतभन्दा बढी

बजारको हल्लाका पछाडि लागेर हौसिँदै चन्द्रागिरी हिल्सको सेयरमा लगानी गर्नेहरुले नराम्रोसँग नोक्सानी व्यहोर्नु परेको छ । 

करिब ३ साताअघि (चैत २६) गते चन्द्रागिरी हिल्सको सेयर मूल्य बढेर सर्वाधिक २ हजार ८ सय रुपैयाँ प्रतिकित्तामा कारोबार भएको थियो । सर्वाधिक उच्च मूल्यमा कारोबार भएको कम्पनीको सेयर मूल्य गत शुक्रबार बैशाख १७ गतेसम्ममा ३२ प्रतिशतभन्दा धेरै घटेर १ हजार ९ सय २ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

चालु आर्थिक बर्षको तेस्रो त्रेमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीले यो चालु आर्थिक बर्षको चैत १८ गतेसम्म १८ करोड रुपैयाँ नोक्सानी व्यहोरिसकेको छ । कोरोनाका कारण पर्यटकीय क्षेत्रहरु प्रभावित हुँदा कम्पनी घाटामा गएको कम्पनीको दाबी छ । तर कोरोनाकाल पूर्व पनि कम्पनी घाटामै थियो । 

कम्पनीले प्रकाशित गरेको बित्तीय विवरणअनुसार हाल कम्पनीको प्रतिसेयर आम्दानी ऋणात्मक छ । यसको अर्थ अहिले कम्पनीका लगानीकर्ताहरु प्रतिसेयर ११ रुपैयाभन्दा बढी नोक्सानमा छन् ।  कम्पनीको बित्तीय विवरण अनुसार आईपिओमा १०० रुपैयाँ लगानी गर्नेहरुको सम्पती घटेर ७९ रुपैयाँमा झरेको छ ।  

कम्पनीको वित्तीय अवस्थाभन्दा सेयर मूल्य धेरै उच्च रहेको भन्दै पहिल्यैदेखि कम्पनीको सेयरमा कर्नरिङ भएको आशंका लगानीकर्ताहरुले गर्दै आएका थिए ।

केहि दिनअघि मात्र पनि कम्पनीका सञ्चालक अम्बिकाप्रसाद पौडेलले समेत एक अन्तरबार्तामै अहिले बजारमा कायम कम्पनीको सेयर मूल्यमा २५ प्रतिशत घटाएर पनि आफूले सेयर नकिन्ने बताएका थिए । कम्पनीका सञ्चालकसमेतको यस्तो अभिव्यक्तिबाट कम्पनीको सेयरमा चलखेल भएको सहजै बुझ्न सकिन्छ । 

यसरी कम्पनीको सामान्य बित्तीय विवरणहरु समेत नकारात्मक रहेको कम्पनीमा हौसिएर, हल्लाको पछि लागेर लगानी गर्ने लगानीकर्ताहरुले फेरि एकपटक नराम्रोसंग नोक्सानी ब्यहोर्न परेको छ । 

केहि महिनाअघि पनि नेपाल पुनर्बीमा कम्पनीको सेयरमा पनि यस्तै भएको थियो । कम्पनीले राम्रो बोनस दिने र हकप्रद सेयर समेत निष्काशन गर्ने हल्ला चलाएर कम्पनीको सेयर मूल्य उचालिएको थियो । करिब ६ महिना बितिसक्दा पनि न कम्पनीले बोनस नै दिएको छ न त हकप्रद नै निष्काशन गरेको छ ।

करिब ६ महिनाअघि कम्पनीको सेयरमा लगानी गर्ने लगानीकर्ताहरुले अहिलेको बुलिस ट्रेन्डमा पनि नाफा कमाउनुको त कुरै छोडौं सावाँमा समेत घाटा व्यहोर्न परिरहेको छ ।

यो पनि पढ्नुहोस् 

सीईडीबी हाइड्रोपावरको आईपीओ पाउन भाग्यकै भर, २ दिनमा पर्यो यति धेरै आवेदन

सबैको लघुबित्तको नाफा २२२.१३ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी पनि उछाल

बाणिज्य बैंकमा गरिएको लगानीले सधैं मुनाफाः ठूला लगानीकर्ता नवराज घिमिरेसँगको कुराकानी 

हकप्रद सेयरका नाममा विकृति, व्यवस्थित गर्न जरुरीः कुबेर श्रेष्ठ, लगानीकर्ता

अधिकाश ट्रेडर असफल,Technical का कुरा मात्र सुनेर लगानी गरे सम्पति नोक्सान, सेयरबाट कमाउने सुत्र?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको