Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई प्राप्ति गर्ने

अर्थ संसार

आइतबार, १९ बैशाख २०७८, १६ : ०४ मा प्रकाशित

नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई प्राप्ति गर्ने

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्नका लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृती पाएको छ ।

बैंकले वैशाख १५ गते यी २ संस्थालाई सैद्धान्तिक स्वीकृती प्रदान गरेकाे हाे । अब यी दुवै संस्थाले आ-आफ्नो विशेष साधारण सभाबाट मर्जर तथा प्राप्तिसम्बन्धी प्रस्ताव पारित गरी अन्तिम स्वीकृतीको लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिएर स्वीकृती पाएपछि एकीकृत काराबोर सुरु गर्न सक्नेछन् । 

यी दुई संस्थाबीच गत माघ ८ गते मर्जर तथा एक्वीजिशन सम्बन्धी सम्झौता भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको