Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स लाइफ इन्स्योरेन्सको अधिकांश सूचकमा उत्साहजनक प्रगति

अर्थ संसार

सोमबार, २० बैशाख २०७८, ०८ : ५५ मा प्रकाशित

रिलायन्स लाइफ इन्स्योरेन्सको अधिकांश सूचकमा उत्साहजनक प्रगति

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ६ करोड ५८ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो नाफा ७.२८ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड १३ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

सो अवधिसम्म कम्पनीको खुद बीमाशुल्क १३१.४२ प्रतिशतले बढेर १ अर्ब ८४ करोड ४९ लाख २७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७९ करोड ७१ लाख ९४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । 

२ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २० करोड ५७ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ १८ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ ११० रुपैयाँ ८८ पैसा रहेको छ । 

608f6bf5d13d0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको