Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न हिमालयन जनरल इन्स्योरेन्सले बोलायो साधारण सभा,  बुकक्लोज कहिले ?

अर्थ संसार

मंगलबार, २१ बैशाख २०७८, १० : २९ मा प्रकाशित

लाभांश पारित गर्न हिमालयन जनरल इन्स्योरेन्सले बोलायो साधारण सभा,  बुकक्लोज कहिले ?

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले सत्ताइसौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा जेठ २८ गते शुक्रबार, कम्पनीको केन्द्रिय कार्यालय, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ ।

सभाले संचालक समितिले सिफारिस गरे बमोजिम नगद लाभांश र बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । संचालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ३.७५ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यसैगरी, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात , नाफा-नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी अनुमोदन गर्नुका साथै लेखपरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ । 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि जेठ १३ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ १२ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

6090d262e9785.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको