Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

अर्थ संसार

मंगलबार, २१ बैशाख २०७८, १५ : १८ मा प्रकाशित

यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

आज (मंगलबार) सेयर बजार झिनो अंकले बढेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक १.९४ अंकले बढेर २६५४.६९ मा पुगेकाे छ । नेप्से ०.०७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.३२ अंकले बढेर ४७५.४४ मा पुगेको छ ।

बजार झिनो अंकले बढ्दा कारोबार रकमको आधारमा एनसीसी बैंकले सर्वाधिक कारोबार गरेको छ । बैंकले २३ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार गरेको हो ।

त्यसैगरी, अरुण कावेली पावर, ग्रामिण विकास लघुवित्त वित्तीय संस्था, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अपि पावर कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, छिमेक लघुवित्त, युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन डिस्टिलरी र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कारोबार गर्न सफल भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको