Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार एचआईडिसीएलसँगै यी कम्पनीमा लगानीकर्ताको ओइरो

अर्थ संसार

सोमबार, १० जेठ २०७८, १६ : २२ मा प्रकाशित

सोमबार एचआईडिसीएलसँगै यी कम्पनीमा लगानीकर्ताको ओइरो

आज (सोमबार) सेयर बजारले ऐतिहासिक रेकर्ड राखेको छ । नेप्से परिसूचक र कारोबार रकम दुवैले नयाँ रेकर्ड राखेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३.०७ अंकले बढेर २८२३.०६ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकको यो बिन्दु बजार बन्द हुँदाको यो बिन्दु नै सर्वाधिक उच्च बिन्दु हो । आज नेप्से परिसूचक ०.११ प्रतिशतले बढेको हो ।  यस्तै सेन्सेटिभ पनि परिसूचक १.३१  अंकले बढेर ५०८.४९ बिन्दुमा पुगेको छ ।

सोमबार कूल २१६ कम्पनीको २ करोड ७१ लाख ४० हजार २०२  कित्ता सेयर खरिदबिक्री हुँदा १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १८८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार रकमले पनि ऐतिहासिक रेकर्ड राखेको छ ।

बजारमा ऐतिहासिक रेकर्ड बन्दा आज हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले सर्वाधिक कारोबार गरेको छ । कम्पनीले हिजो आइतबार मात्रै १:१ अर्थात् १ बारबार १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । हकप्रद निष्काशनको अनुमति पाएसँगै कम्पनीको कारोबारसँगै सेयरमूल्यमा उछाल आएको हो । कम्पनीले एक अर्ब २६ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको सेयरमूल्य ७.१० प्रतिशतले बढेर ५ सय ८८रुपैयाँ पुगेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद निष्काशनको अनुमति पाएको हो ।

त्यसैगरी, नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि सर्वाधिक कारोबार गरेको छ । कम्पनीले ३७ करोड ३३ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार गरेको हो । कम्पनीको सेयरमूल्य एक हजार ७३७ कायम भएको छ । कम्पनीले आज मात्रै लाभांश घोषणा गरेको छ कम्पनीले हाल कायम चुक्ता पूँजीको १५.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.८२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेकाे हाे ।

सधैंजसो सर्वाधिक कारोबारको अग्रस्थानमा रहने नेपाल पुनर्बीमा कम्पनी आज सर्वाधिक कारोबारको तेस्रो स्थानमा रहेको छ । कम्पनीले सोमबार २८ करोड २० लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको सेयरमूल्य एक हजार ६५५ रुपैयाँ कायम भएको छ ।
यता, आईएमई जनरल इन्स्योरेन्स कम्पनीले २५ करोड ७० लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको सेयरमूल्य एक हजार ३९८ रुपैयाँ कायम भएको छ । 
त्यस्तै  सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २४ करोड ८१ लाख ९२ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको अन्तिम कारोबार मूल्य ९ सय ९८ रुपैयाँ कायम भएको छ । 
सिभिल बैंक लिमिटेडले २४ करोड १४ लाख ५६ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ भने, कुमारी बैंक लिमिटेडले २१ करोड ९८ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । यी २ कम्पनीको सेयरमूल्य क्रमशः २ सय ७३ रुपैयाँ र ३ सय ४४ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, ज्योति विकास बैंक लिमिटेडले २० करोड ९८ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ भने  नेपाल बंगलादेश बैंक लिमिटेडले २० करोड ८६ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । यी २ कम्पनीको सेयरमूल्य क्रमशः ३ सय २६ रुपैयाँ र ३ सय ४९२ रुपैयाँ कायम भएको छ ।
 अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २० करोड ७७ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ  कम्पनीको सेयरमूल्य ३ सय ९० रुपैयाँ कायम भएको छ ।

छुटाउनुभयो कि ?

अन्य क्षेत्र बन्द हुँदा सेयरमा ओइरिदै लगानी, दैनिक कारोबार रकम २० अर्ब पुग्नेसक्ने

नेप्सेमा ऐतिहासिक रेकर्ड बन्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल

नेप्से सर्वाधिक उच्च विन्दुमा पुग्दा पनि यी कम्पनीका लगानीकर्ता निराश

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको