Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार यी कम्पनीमा लगानीकर्ताको ओइरो

अर्थ संसार

आइतबार, २६ बैशाख २०७८, १५ : ३३ मा प्रकाशित

आइतबार यी कम्पनीमा लगानीकर्ताको ओइरो

आज (आइतबार) सेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १८.५६ अंकले घटेर २६१८.५६ मा पुगेकाे छ । नेप्से ०.७० प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.३१ अंकले घटेर ४७०.७३ मा पुगेको छ ।

कूल २१९ वटा कम्पनीकाे एक कराेड २७ लाख २८ हजार एक सय २५ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार ७ सय ७२ रुपैयाँको कारोबार भएकाे छ । 

बजार घट्दा एनसीसी बैंकले सबैभन्दा बढी रकमको कारोबार गरेको छ । बैंकले २८ कराेड ८६ लाख ५२ हजार रूपैयाँ बराबरकाे काराेबार गरेको हाे ।

त्यसैगरी, क्रमशः कुमारी बैंक, हिमालयन डिस्टिलरी लिमिटेड, हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एन डेभलपमेन्ट कम्पनी, महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, बैंक अफ काठमान्डू, ग्रामिण विकास लघुवित्त, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अप्पर तामाकोशी हाइड्रोपावर र नबिल बैंकले सर्वाधिक कारोबार गरेको छ ।

6097b1b64dbd1.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको