Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् बजार बढ्दा सर्वाधिक कारोबार गर्ने १० कम्पनी

अर्थ संसार

आइतबार, ०२ जेठ २०७८, १६ : २३ मा प्रकाशित

यी हुन् बजार बढ्दा सर्वाधिक कारोबार गर्ने १० कम्पनी

कारोबार साताको पहिलो दिन आज (आइतबार) सेयर बजारमा उत्साह देखिएको छ । आज सेयर बजारले नयाँ रेकर्ड राखेको छ भने १० अर्ब भन्दा धेरै रकमको कारोबार भएको छ । आज नेप्से परिसूचक अलटाइम हाइ बिन्दुमा पुगेको हो । 

आइतबार नेप्से परिसूचक ५४.२१ अंकले बढेर २७३१.२९ बिन्दुमा पुगेको छ । बजार बन्द हुँदाको यो बिन्दु हालसम्मकै उच्च हो । यसअघि वैशाख २ गते २७३५.४६ विन्दुमा पुगेर बजारले नयाँ रेकर्ड राखेको थियो । आज नेप्से २.०२ प्रतिशतले बढेको हो । त्यसैगरी, सेन्सेटिभ परिसूचक ८.६४ अंकले बढेर ४८८.१४ मा पुगेको छ । 

आज कूल २१४ कम्पनीको २ करोड ५ लाख ९१ हजार १६० कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब २ करोड ६६ लाख २८ हजार ११६  रुपैयाँको कारोबार भएको छ ।

सेयर बजारमा उत्साह देखिँदा आज नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गरेको छ । कम्पनीले ८२ करोड ६८ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता १६५० कायम भएको छ ।

त्यसैगरी एनसीसी बैंक लिमिटेडले ३० करोड २१ लाख ४६ हजार ४०३ रुपैयाँको कारोबार गरेको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३७४ रुपैयाँ रहेको छ । 

सर्वाधिक कारोबार गर्ने १० कम्पनीहरुको तेस्रो नम्बरमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड रहेको छ । बैंकले २८ करोड ४६ लाख ८६ हजार ४६७ रुपैयाँको कारोबार गरेको छ । हाल बैंकको सेयरमूल्य ५४६ रुपैयाँ रहेको छ । कम्पनीले हालसालै मात्र सबैभन्दा ठूलो आईपीओ निष्काशन गरी सर्वसाधारणमा बिक्री गरेको थियो ।

त्यस्तै, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले  २४ करोड ५३ लाख १९ हजार ५१४ रुपैयाँ बराबरको कारोबार गरेको छ । आज कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५५५ कायम भएर अन्तिम कारोबार भएको छ ।

आज शिखर इन्स्योरेन्स कम्पनीले २३ कतोड़ ७२ लाख ८८ हजार ८८६ रुपैयाँको कारोबार गरेको छ । हाल कम्पनीको बजारमूल्य २ हजार १२८ रुपैयाँ कायम भएको छ । 

यता आइएमई जनरल इन्स्योरेन्सले पनि आज २२ करोड ३१ लाख ६४ हजार ५१३ रुपैयाँको कारोबार गरेको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता एक हजार २५४ रुपैयाँ कायम भएको छ । 

आइतबार सेयरमूल्य ६८३ कायम भएको चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले २१ करोड ९१ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ भने एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीले २० करोड ८२ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७६३ रुपैयाँ कायम भएको छ । 

आइतबार नबिल बैक लिमिटेड पनि सर्वाधिक कारोबार गर्ने १० कम्पनीहरुको सूचीमा बैंकले १९ करोड ४६ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ  । यस्तै अरुण कावेली पावर लिमिटेडले १७ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । यी २ कम्पनीको सेयरमूल्य क्रमशः एक हजार २ सय ९३ र ३६२ रुपैयाँ कायम भएको छ ।

यो पनि पढ्नुहोस्:-

निषेधाज्ञामा चम्किँदै सेयर बजार, परिसूचक र कारोबार रकम दुवैमा उछाल

नेप्सेमा ऐतिहासिक रेकर्ड बन्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल, तपाईँ पर्नुभयो कि भएन ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको