कारोबार साताको पहिलो दिन आज (आइतबार) सेयर बजारले ओरोलो यात्रा तय गरेको छ  । आज सेयर बजार दोहोरो अंकले घटेको हो  । केहि दिनदेखि निरन्तर ओरालो लागिरहेको सेयर बजारले आज पनि ओरोलो यात्रा तय गरेको हो  । आज सेयर कारोबार मापक नेप्से परिसूचक १८.५६ अंकले घटेर २६१८.५६ को बिन्दुमा पुगेको छ नेप्से ०.७० प्रतिशतले घटेको हो  ।
यस्तै सेन्सेटिभ परिसूचक पनि २.३१ अंकले घटेर ४७०.७३ को बिन्दुमा पुगेको छ  । आताबर कूल २१९ कम्पनीको एक करोड २७ लाख २८ हजार १२५ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार ७७२ रुपैयाँ बराबरको कारोबार भएको छ  ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमा १३ वटै समूहको सेयर घटेको छ ।
इतबार कारोबार रकमको आधारमा एनसीसी बैंकले सर्वाधिक कारोबार गरेको छ । बैंकले २८ करोड ८६ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । 
त्यस्तै, आज समता लघुवित्त र रुरु जलविद्युत कम्पनीको सेयरमूल्य उच्च वृद्धि भएको छ, भने महिला लघुवित्त, विशालबजार कम्पनीको सेयरमूल्य सबैभन्दा बढी घटेको छ । 
नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले अहिले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको बताएकाछन् । भोलि बैशाख २७ गते हुन सक्ने राजनितिक परिर्वनको परिणाम के हुन्छ भन्ने कुराको पर्खाइमा लगानीकर्ताहरु रहेकाले बजारमा केहि करेक्सन आएको उनको तर्क छ । 
अहिले पनि ६ अर्ब भन्दा बढिको दैनिक सेयर कारोबार भइरहेको, बैंकहरुको पनि अझै कम्तिमा पनि ६ महिना ब्याज बढ्ने संभावना नरहेको र कारोनाका कारण अहिले लगानीका अनय क्षेत्रहरु ठप्प रहेकाले पनि सेयर बजार नघट्ने भन्दै उनले अहिले पनि  नेपालको सेयर बजार बुलिस् टेन्डमा रहेको बताए । 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस