Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

अर्थ संसार

सोमबार, २७ बैशाख २०७८, १५ : ४७ मा प्रकाशित

सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

आज (साेमबार) सेयर बजारमा दाेहाेराे अंकको वृद्धि देखिएको छ  । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.८४ मा पुगेकाे छ । नेप्से १.०५ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.३५ अंकले बढेर ४७५.१२ मा पुगेको छ ।

बजारमा हरियाली छाउँदा पनि आज विशालबजार कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्  । कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६ सय ४ रुपैयाँले घटेर ५४४१ कायम भएको छ  । कम्पनीको सेयरमूल्यमा आज ९.९९ प्रतिशतले गिरावट आएको हो  ।

त्यसैगरी, क्रमशः जोशी हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, मेरो माइक्रोफाइनान्स लघुवित्त, सिंगटी हाइड्रो इनर्जी, दिव्यश्वरी हाइड्रोपावर, स्वाभिमान लघुवित्त, सिटिजन्स म्युचुअल फण्ड-२, कृषि विकास बैंकको १०.३५% डिबेन्चर २०८३ र गणपति माइक्रोफाइनान्सको सेयरमूल्य पनि सबैभन्दा बढी घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको