Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम मौका आज

अर्थ संसार

शुक्रबार, ३१ बैशाख २०७८, ०८ : ५० मा प्रकाशित

नेपाल बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम मौका आज

नेपाल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज (वैशाख ३१ गते) अन्तिम दिन रहेको छ। 

बैंकले गत वैशाख २२ गतेबाट एक हजार रुपैयाँ अंकित दरका ३ अर्ब ५ करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्रमा निष्काशन गरेको छ । यो ऋणपत्रको कुल इकाइमध्ये २१ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १४ लाख इकाइको सार्वजनिक निष्काशन गरिएको हो। 

सार्वजनिक निष्काशन गरिएको १४ लाख इकाइमध्ये पनि ५ प्रतिशतले हुने ७० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार इकाइ बाँडफाँड गरी बाँकी १ अर्ब ३८ करोड ५० लाख रुपैयाँ ऋणपुँजी रकमबराबरको इकाइमा सर्वसाधारणका लागि आवेदन खुल्ला गरिएको छ। 

बैंकले १० वर्षे अवधिको ‘८.५% नेपाल बैंक ऋणपत्र–२०८७’ नामक ऋणपत्र निष्काशन गरेको हो ।  लगानीकतर्नालाई वार्षिक ८.५ प्रतिशत ब्याज उपलब्ध गराउनेछ। 

लगानीकर्ताले उक्त ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा ३ लाख इकाइसम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले उक्त ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। 

ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

609de9c5efd97.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको