Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्सको हकप्रदलाई कति रेटिङ ?

अर्थ संसार

आइतबार, ०२ जेठ २०७८, १३ : २० मा प्रकाशित

शिखर इन्स्योरेन्सको हकप्रदलाई कति रेटिङ ?

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गर्न लागेकाे हकप्रद सेयरको रेटिङ सम्पन्न गरेको छ ।

कम्पनीको हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘एपीआरए’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा आफ्नाे वित्तीय दायित्व पूरा गर्न सक्ने रहेको संकेत गर्दछ ।

शिखर इन्स्योरेन्सको ९ वर्षको लाभांश इतिहास : लगानीकर्ताले कति कमाए ?

कम्पनीकाे चैत्र ९ गते, साेमबार कम्पनीकाे केन्द्रीय कार्यालय, थापाथली, काठमाडाैँमा सम्पन्न भएकाे पन्ध्राैँ तथा साेर्हाैँ वार्षिक साधारण सभाले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेकाे छ । 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३६ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २७ रुपैयाँ ५५ पैसा र प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ ९४ पैसा रहेको छ । 

हाल कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।  हकप्रद सेयर निष्कासन गरेपश्चात् कम्पनीकाे चुक्ता पूँजी अर्ब २८ करोड रूपैयाँ पुग्नेछ । 

गतबर्ष २७.७६ प्रतिशत बोनस सेयर वितरण गरेको शिखर इन्स्योरेन्सको कस्तो छ वित्तिय अवस्था ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको