Like us!
Follow us!
Connect us!
Watch us!

निषेधाज्ञामा लगानीकर्ता मालामाल: नेप्से परिसुचक २०८ अंकले बढ्दा,३ खर्बले बढ्यो सम्पती

कृष्ण भट्टराई

मंगलबार, ०४ जेठ २०७८, १७ : २४ मा प्रकाशित

निषेधाज्ञामा लगानीकर्ता मालामाल: नेप्से परिसुचक २०८ अंकले बढ्दा,३ खर्बले बढ्यो सम्पती

अहिले नेपालका ७३ जिल्लामा निषेधाज्ञा जारी भएको छ । कोरोनाको दोस्रो लहर फैलिएसंगै नेपालका अधिकांश जिल्ला प्रशासन कार्यलयहरुले जिल्लाभित्र निषेधाज्ञा गरेका हुन् । अहिले जारी निषेधाज्ञाका कारण देशैभरि आर्थिक गतिबिधि ठप्प छन् । 

अधिकांश ब्यापार व्यसायहरु ठप्प भएका कारण अहिले धेरै मानिसहरु घरमै बसिरहेका छन् । निषेधाज्ञाका कारण व्यवसायका अन्य क्षेत्रहरु ठप्प हुँदा नेपालको पूँजी बजारले भने लगानीकर्ताहरुलाई मालामाल बनाइरहेको छ । नेपालको पूँजी बजारमा अहिले दिनँहु नयाँ रेर्कड बन्ने र तोडिने क्रम जारी छन् । 

गत बैशाख १६ गते काठमाडौंसहितका जिल्लाहरुमा निषेधाज्ञा जारी भएको हो । निषेधाज्ञाको अघिल्लो दिन अर्थात बैशाख १५ गते नेपालको सेयर बजार मापक नेप्से परिसूचक २५८५.२८ को बिन्दुमा थियो । 

निषेधाज्ञा लागेदेखि आजसम्ममा नेप्सेमा जम्मा १४ दिन सेयर कारोबार भएकोमा ४ दिनमात्र नेप्से परिसूचक घटेको  छ । बाँकी १० दिनमा नेप्सेले उकालो यात्रा तय गरेको हो । यो १४ कारोबार दिनमा नेप्से परिसूचक २०८.६१ अंकले बृद्धि भएर २७९३.८९ को बिन्दुमा पुगेको छ । यो नै नेप्सेको अलटाईम हाई बिन्दु हो ।

नेप्से परिसूचकसँगै यो अवधिमा कारोबार रकममा पनि उल्लेखनीय रुपमा बृद्धि भएको छ। यो साताको पहिलो दिन आइतबार १० अर्बभन्दा माथिको सेयर कारोबार भएकोमा सोमबार ९ अर्भन्दा माथिको सेयर कारोबार भएको थियो । आज मंगलबार नेप्सेमा ११ अर्ब ३५ करोड रुपैयाँको सेयर कारोबार हुँदा अहिलेसम्मका सबै रेकर्डहरु ब्रेक भएका छन् । आजको कारोबार नै नेप्सेमा भएको सबैभन्दा बढी रकमको कारोबार हो । त्यस्तै नेप्से परिसूचक पनि अहिलेसम्मकै उच्च हो । 

नेप्से परिसूचकमा आएको उछालसँगै सेयर बजारका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । यो अवधिमा लगानीकर्ताहरुको पूँजीमा उल्लेखनीय बृद्धि भएको छ । निषेधाज्ञा जारी हुनुअघि बैशाख १५ गते ३५ खर्ब ८० अर्ब २२ करोड रुपैयाँ बराबर रहेको बजारको पूँजीकरण यो १४ कारोबार दिनमा बढेर ३८ खर्ब ७६ अर्ब ९३ करोड रुपैयाँ बराबर पुगिसकेको छ । 

यसरी हेर्दा यो अवधिमा सेयरमा लगानी गर्ने लगानीकर्ताहरुको पूँजी २ खरब ९६ खर्ब ७० करोड रुपैयाँ बराबरले बृद्धि भएको छ । यसर्थ सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुले यस अवधिमा करिब ३ खरब रुपैयाँ कमाउन सफल भएका छन् ।

60a3ab0543323.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको