Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकले वीर अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने

अर्थ संसार

बुधबार, ०५ जेठ २०७८, १७ : २१ मा प्रकाशित

नबिल बैंकले वीर अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने

नबिल बैंकले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने भएको छ । यस बारेमा मंगलबार नबिल बैंक र वीर अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

समझदारी अनुसार नबिल बैंकले ५० क्युबिक लिटर-प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गर्ने छ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराउने छ । कोरोनाको दोस्रो लहर तिब्र गतिमा फैलिदै जाँदा अस्पतालमा बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउनु परिरहेको अहिलेको विषम परिस्थितिमा नबिल बैंकले सरकारलाई सहयोग गरेको हो । 

यो प्लान्ट स्थापनाले अस्पताललाई आवश्यक अक्सिजन उपलब्ध गराउने र यसबाट धेरै बिरामीको ज्यान बचाउन सकिने बैंकले विश्वास लिएको छ । नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड महामारीको शुरुवाती समसयदेखि नै नेपाल सरकारलाई विभिन्न तरिकाले सहयोग गर्दै आएको छ । चालु आर्थिक वर्षमा कोभिड १९ को प्रतिकार्यका लागि नबिल बैंकले नेपाल सरकारलाई रु. ६ करोड नगद सहयोग गरेको छ । त्यसै गरी बैंकले सरकारी तथा विपद्मा काम गरेका विभिन्न संस्थासंग समेत साझेदारी शुरु गरेको थियो । जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग सहकार्य गरी नेपालका सातै वटा प्रदेशमा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य आपत्कालिन पूर्व तयारी सम्बन्धी अभिमुखिकरण सम्पन्न भएको छ । यस अन्तर्गत चालु आर्थिक वर्षमा सरकारी, गैरसरकारी र मानवीय कार्यमा संलग्न संस्थाका ३ सय ३० जना स्वास्थ्यकर्मीहरुलाई एक दिने अभिमुखिकरण दिइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको