Like us!
Follow us!
Connect us!
Watch us!

२७ अर्ब २० करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

अर्थ संसार

सोमबार, १० जेठ २०७८, ११ : ४१ मा प्रकाशित

२७ अर्ब २० करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले २७ अर्ब २० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैंकले २८ दिनकाे अवधिकाे लागि ५ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७८ साल असार ८ गते परिपक्क हुनेछ । बैंकले ९१ दिनकाे अवधिकाे लागि २ अर्ब २३ कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७८ साल भदाै ८ गते परिपक्क हुनेछ । बैंकले १८२ दिनकाे अवधिकाे लागि १२ अर्ब ४७ कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल मंसिर ७ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनकाे अवधिकाे लागि ७ अर्ब ५० कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७९ साल जेठ १० गते परिपक्क हुनेछ । 

राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल आज (जेठ १० गते, सोमबार) दिउँसो ३ बजे बोलकबाेल भएर भाेलि (जेठ ११ गते, मंगलबार) बिक्री हुनेछ ।

ट्रेजरी बिलकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :

60ab428bd6546.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको